Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गणतन्त्र कार्यान्वयन प्रस्तावमा ‘संघीयता’ थप्न लगाउन हृदयश त्रिपाठी


    आइतबार, जेष्ठ १५ २०७९
    915
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संविधानसभाको पहिलो बैठकमा ‘गणतन्त्र कार्यान्वयनसम्बन्धी प्रस्ताव पारित गरियोस्’ भन्ने प्रस्ताव पेस हुनुअघि क्रमसंख्या २ मा ‘विधिवत्’ शब्द थियो । 

    यो शब्द हटाएर ‘संघीय’ थप्न सदनलाई ध्यानाकर्षण गराउने सभासद ह्रदयश त्रिपाठी हुन् । त्रिपाठीले थप्न लगाएकै कारण गणतन्त्र कार्यान्वयनको प्रस्तावमा संघीय पनि उल्लेख भएको संविधानसभा दर्पण (२०६५–०६९) मा उल्लेख छ ।

    त्यहाँ भनिएको छ, ‘गणतन्त्र कार्यान्वयनसम्बन्धी प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनुपूर्व उठेर बोल्नु हुँदै मा। श्री हृदयेश त्रिपाठीले प्रस्तुत गणतन्त्र कार्यान्वयनसम्बन्धी प्रस्तावको क्रमसंख्या २ मा ‘विधिवत’ शब्द पछि ‘संघीय’ शब्द नियतवश नै हटाइएकोले उक्त ‘संघीय’ शब्द प्रस्ताव पारित गर्नुपूर्व नै समावेश गरिनुपर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।’

    संघीय शब्द पनि थपिएको गणतन्त्र कार्यान्वयन प्रस्ताव अन्ततः संविधानसभाका ५६० जना सभासदले कर्तलध्वनीले पारित गरेका थिए ।

    प्रस्ताव सदनमा निर्णायर्थ प्रस्तुत गर्ने तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला थिए । उनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको तर्फबाट उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार