Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानन्यायाधीशले पदबाट राजीनामा दिनु पर्छ : साझा पार्टी


    शनिबार, साउन १० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतको फैसलामाथि प्रश्न उठाउँदै साझा पार्टीले शनिबार राजधानीमा प्रदर्शन गरेको छ । प्रधानन्यायाधीशको प्रत्यक्ष संलग्नतामै पत्नी हत्याको जघन्य अपराधमा संलग्न रञ्जन कोइरालाको मुद्धामाथि  गरिएको फैसलाले न्यायालयमाथि नै प्रश्न चिन्ह खडा भएको साझा पार्टीले ठहर गरेको छ ।

    साझा पार्टीका संयोजक रविन्द्र मिश्रले अदालतको सम्मानका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन आग्रह गरेका छन् । संसदले महाअभियोग लगाएर सर्वोच्च निकम्मा छ भन्ने सन्देश जाने हुँदा अदालतको सम्मानका लागि जबराले राजीनामा दिनु पर्ने मिश्रले तर्क गरे ।‘न्यायका लागि साझा तराजु यात्रा’लाई माइतीघर मण्डलामा सम्बोधन गर्दै मिश्रले राणा असाध्यै विवादित भएको हुँदा प्रधानन्यायाधीश पदबाट राजीनामा दिनु नै उत्तम बिकल्प हुने वताए। राणाले गरेका निर्णय शंकाको घेरामा परेको हुँदा त्यस्ता निर्णयलाई जनताले स्वीकार गर्न नसक्ने पनि उनको भनाइ छ ।साझा पार्टीका संयोजक मिश्रले सुशील कार्कीमाथि महाअभियोग लगाउनेहरुले भ्रष्ट प्रधानन्यायाधीश र न्यायाधीशहरुलाई महाअभियोग लगाउँछन् भन्ने विश्वास गर्न नसकिने दाबी गरे ।बखुण्डोलस्थित पार्टी कार्यालयबाट सुरु भएको यात्रा माइतीघर मण्डलामा पुगेर टुंगिएको थियो ।

    उनीहरु ‘गैरन्यायिक फैसला चाहिँदैन, दोषीलाई उम्काउन पाइँदैन, गैरन्यायिक फैसला खारेज गर, घुसखोर, कमिसनखोर र बिचौलियालाई जेल हालौ’ लगायतका नारा अंकित प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार