काठमाडौं । आज शनिवार काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा डा. जागेश्वर गौतमले उपत्यकाका थप ३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । प्रवक्ता गौतमका अनुसार काठमाडौंका २ र ललितपुरका १ जनामा कोरोना पुष्टि भएको हो ।पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १ र ललितपुरका १, स्टार अस्पताल सानेपामा काठमाडौंका १ जनामा कोरोना पुष्टि भएको हो