धनगढी । कैलालीका १३ मध्ये एक पालिकामा महिला प्रमुख विजयी हुँदा दुई पालिकाको उपप्रमुख पद महिलाले गुमाएका छन् । पाँच दलीय सत्तारुढ गठबन्धनबीच चुनावी तालमेलले भागबण्डा मिलाउँदा दुई पालिका उपप्रमुखमा दलले पुरुष उम्मेदवारलाई उठाएकाले महिलाको संवैधानिक अधिकार गुमेको हो ।
दलिय स्वार्थका कारण कैलालीको गौरीगंगा नगरपालिका र टिकापुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष विजयी भएका छन् । नेपालको संविधान–०७४ ले नै राज्य संरचनामा प्रमुख वा उपप्रमुखमध्ये एक सिटमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरेको छ ।
नेपालको संविधानको धारा ९१ र ९२ अनुसार गाउँपालिका र नगरपालिका प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला हुनपर्नेछ । गाउँपालिका र नगरपालिकाका वडा समितिमा रहने पाँच जना (वडाध्यक्ष र सदस्य) मध्ये कम्तीमा दुई जना महिला सदस्य हुनु पर्नेछ । संविधानको धारा २२२ (३) उपधारा (१)बमोजिम गठन हुने गाउँ सभामा प्रत्येक वडाबाट कम महिला प्रतिनिधित्व हुनेछ । यसैगरी धारा २२३ (३)उपधारा (१) हुने नगरसभामा प्रत्येक वडाबाट कम्तीमा दुई जना महिलाको प्रतिनिधित्व हुने व्यवस्था गरेको छ ।
तर, कैलालीको गौरीगंगा नगरपालिकामा भने नगर प्रमुखमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका देविदत्त कडेँल प्रमुख पदमा विजयी हुँदा नेपाली कांग्रेसबाट उपप्रमुख पदमा भोजबहादुर बम विजयी भए । गौरीगंगा नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीबीच चुनावी तालमेल भएको थियो । तालमेल गरेका पार्टीले उपमेयरमा महिलालाई स्थान दिन सकेनन् । गौरीगंगामा संविधानमै सुरक्षित महिलाको राजनीतिक अधिकार गुमेको छ ।
यसैगरी, टिकापुर नगरपालिकामा पनि संविधानको मर्मविपरित प्रमुख र उप–प्रमुख दुवै पदमा पुरुष उम्मेदवार विजयी भएका छन् । टिकापुरको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु विजयी हुँदा उपप्रमुखमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका खडकबहादुर शाह विजयी भएका छन् ।
कैलालीको लम्कीचुहा नगरपालिकामा भने प्रमुख र उपप्रमुख दुवै पदमा महिला नेतृ विजयी भएका छन् । लम्कीको मेयरमा कांग्रेसबाट उम्मेदवार बनेकी सुशीला शाही विजयी हुँदा उपप्रमुखमा नेकपा एमालेकाबाट उम्मेदवार बनेकी जुना चौधरी विजयी भएकी छिनु ।
कैलालीका एक सय १६ वडामध्ये चार वडामा मात्रै महिला वडा अध्यक्ष बनेका छन् । एक सय २२ वडामा पुरुष वडाअध्यक्ष छन् । चार वडामध्ये गोदावरी नगरपालिका–७ मा एमालेकी कलावती साउँद, गौरीगंगा नगरपालिका–८ मा माओवादी केन्द्रकी करुणा चौधरी, जोशीपुर गाउँपालिका–३ मा नागरिक उन्मुक्ति पार्टीकी रेणुकुमारी डगौरा र लम्कीचुहा नगरपालिका–५ मा माओवादी केन्द्रकी माया विष्ट निर्वाचित भएकी छिन् ।
जिल्लामा एक सय २२ मध्ये एक वडामा पनि दलित महिला भने वडा अध्यक्ष बन्न सकेनन् । धनगढी–उपमहानगरपालिका–१ मा जनता समाजवादी पार्टी ले सीमादेवी सोबलाई वडा अध्यक्षको उम्मेदवार बनाए पनि उनी पराजित भइन् ।
उपप्रमुखमा दलित महिला उम्मेदवार असफल
कैलालीका १३ मध्ये चार पालिका उपप्रमुखमा दलित महिलाको उम्मेदवारी परेकोमा सबै उम्मेदवार पराजित भएका छन् । कैलालीको जोशीपुर गाउँपालिकामा नेकपा एमालेबाट रम्भादेवी भुल, टिकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट उल्कादेवी विश्वकर्मा, सोही नगरपालिकामा जनता समाजवादी पार्टीका तर्फबाट पिंकी कामी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट सुनिता विश्वकर्माले उपप्रमुखमा उम्मेदवारी दिएका थिए । तर, एक जना पनि उपप्रमुखमा विजयी भएनन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend