Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अध्यक्ष लिङ्देन भन्छन्ः स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो


    शनिबार, जेष्ठ १४ २०७९
    2.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको बताएका छन् । मोरङको विराटनगरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राप्रपाले केही स्थानीय तहमा मात्र रणनीतिक रुपमा गठबन्धनलाई प्रयोग गरेको स्पष्ट पारे ।

    अध्यक्ष लिङ्देनले नेपाली काँग्रेस र नेकपा (एमाले) ले राप्रपालाई हेप्ने गरेको उल्लेख गर्दै राप्रपा पनि आवश्यक छ भन्नका लागि कतिपय स्थानीय तहमा प्रयोगका रुपमा ती दलसँग तालमेल भएको धारणा राखे । 

    राष्ट्रको आफ्नो परराष्ट्र नीति असंलग्नको सिद्धान्तका आधारमा हुनुपर्नेमा जोड दिनु हुँदै उनले मुलुकको वैदेशिक सम्बन्ध सन्तुलन हुनुपर्ने बताए ।

    अध्यक्ष लिङ्देनले हरेक राजनीतिक दल परराष्ट्र सम्बन्धप्रति गम्भीर बन्नुपर्नेमा जोड दिँदै अन्यथा मुलुक शक्ति राष्ट्रको प्रतिस्पर्धास्थल हुनसक्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार