काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले स्थानीय तहमा पाँच वर्षमा धेरै अनियमितता भएको र त्यसमा प्रमुख प्रशासकीय अधिकृत जिम्मेवार रहेको आरोप लगाएका छन् । उनले पदाधिकारीले गाली मात्र खाएको तर प्रमुख प्रशासकीय अधिकृतले कमाइरहेको टिप्पणी गरे ।
शनिबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नै नेता कर्णले ८० प्रतिशत प्रशासकीय अधिकृतले काठमाडौंमा घर बनाइसकेको बताए ।
‘हामीले पाँच वर्ष स्थानीय निकाय सञ्चालन गर्यौं, अब रिभ्यू गर्ने बेला भएको छ कि छैन, अनियमितता छ कि छैन ?’ उनले भने, ‘अनियमितता हेर्ने हो भने त्यहाँका पदाधिकारीले गाली खाइरहेका छन् । कसले कमाइरहेको छ, त्यहाँका प्रशासकीय प्रमुखहरु । ८० प्रतिशत प्रशासकीय प्रमुखको घर काठमाडौंमा छ । नभए त शहर जहाँ छ, त्यहाँ बनाइसके पाँच वर्षमा । के गर्या छ प्रमुख उपप्रमुखले ?’
स्थानीय तहका पदाधिकारीले हरेक कामका लागि प्रमुख प्रशासकीय अधिकृतको भर पर्नुपर्ने भन्दै नेता कर्णले पदाधिकारीले चाहेर मात्र केही गर्न नसक्ने टिप्पणी गरे । ‘यसतर्फ हामीले रिभ्यू गर्नुपर्ने, कसरी सहज बनाउने पद्धति कि उसले (पदाधिकारी) काम गर्न सकोस् ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend