काठमाडौं । एमालेबाट बिद्रोह गरी स्थापना भएको नेकपा (एकीकृत समाजवादी)लाई गठबन्धनभित्रका पुराना पार्टी नेपाली कांग्रेस र माओवादी केन्द्रले उपेक्षा मात्रै गरेनन्, उक्त पार्टीको जनाधार भएका कर्णाली र सुदूरपश्चिम प्रदेशमा तालमेल नै हुन सकेन । नेकपा समाजवादीले एक्लै लडेर जित्ने संभावना भएका ठाउँमा कांग्रेसले एमालेसँग गठबन्धनदेखि बुथकब्जासम्म गर्न समेत मिलेमतो गरेको पाइएको छ । त्यसको उदाहरण हो, त्रियुगा नगरपलिकामा पुनः मतदान गर्ने सूचना निकालेर मतदान नगरी मतगणना गर्ने कार्य ।
निर्वाचन अधिकृत बीसीले त्रियुगा १२ को मतदान केन्द्रमा सयौं मतदातालाई मतदान गर्नबाट समेत बन्चित गरेको आरोप छ । त्रियुगा १२ की मतदाता रहेकी प्रदेश सांसद सुनिता चौधरीसमेत मतदान केन्द्रमा पुगेर पनि मतदान गर्नबाट बन्चित भएकी छन् । मतदातालाई मत दिनबाटै बन्चित गराउने कार्य गरिएको स्पष्ट हुँदाहुँदै पनि आयोगले आफुनै सूचना अनुसार पुनः मतदान नगरी मतगणना गरेको छ ।
उदयपुरको त्रियुगा नगरपालिकामा निर्वाचनका दिन बर्षाको कारण असहज परिस्थिति उत्पन्न भएको भनी मतदान अधिकृत केशवकुमार बीसीले मतदान स्थगित गरे, पुनः मतदान गर्ने सूचना निकाले । तर पुनः मतदान नगरी १२ दिनपछि उक्त विवादित मतपेटिकाको मतगणना गरिएकोमा नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयरका उम्मेदवार बलदेव चौधरीले आपत्ति जनाएका छन् । उनले वडा नम्बर १२ मा पुनः मतदान गर्न माग गरेका छन् । उनले पुनः मतदान नगरी मतगणना गरिएको प्रति आपत्ति जनाएका छन् ।
त्रियुगा १२ मा पुनः मतदानको माग गर्नेमा नेकपा एकीकृत समाजवादीका मेयरका उम्मेदवार बलदेव चौधरीमात्र छैनन्, नेकपा माओवादीका तर्फबाट उपमेयरका उम्मेदवार गीता खड्का कार्की पनि छन् ।
राप्रपाका उपमेयरका उम्मेदवार रामवती चौधरी, जसपाका प्रमुख पदका उम्मेदवार मन्जु राई, जसपाकै उपमेयरका उम्मेदवार विनोदकुमार चौधरी, माओवादी केन्द्रका तर्फबाट त्रियुगा १२ का वडाध्यक्षका उम्मेदवार नवीनकुमार वान्तवा राई र जसपाका वडाध्यक्षका उम्मेदवार लक्ष्मीनाराण चौधरीले पुनः मतदान गर्न माग गर्दै निवेदन दिएका छन् । पुनः मतदान नगरी मतगणना गर्ने निर्वाचन आयोगको स्वेच्छाचारी निर्णयको चारै पार्टीका उम्मेदवाररले बिरोध गरेका छन् ।
निर्वाचन आयोगले असहज परिस्थितिका कारण मतदान स्थगित गरिएको सूचन निकालेपछि पुनः मतदान हुने विश्वासमा सबै पार्टी थिए । तर नेपाली कांग्रेस–एमालेले मतदान अधिकृत बीसीसँग साँठगाँठ गरी मतदान स्थगित गराएको खुलासा मतदान नगरी मतगणना सुरु गरेपछि भएको छ । १२ दिनसम्म अन्योलमा राखी मतगणना गर्ने कार्य गरिएको आरोप नेकपा समाजवादी, नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको आरोप छ । मतदान गर्नबाट धेरै मतदाता नै बन्चित गरिएकाले पुनः मतदान गर्ने सूचना अनुसार नगरी मतगणना गरिएकोमा ४ वटै पार्टीले आपत्ति जनाएका छन् । निर्वाचन अधिकृतको कार्यालय उदयपुरमा जेठ २ मा दिएको निवेदनमा समेत पुनः मतदान नगरी मतगणना नगर्न निवेदन दिएका छन् । तर ४ वटै पार्टीका उम्मेदवारले दिएको निवेदनलाई सुनुवाइ नै नगरी निर्वाचन आयोगले मतगणना गरेको छ ।
निर्वाचनको दिन बैशाख ३० गते मतदानको समय बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको थियो । तर त्रियुगा नगरपालिका वडा नम्बर १२ को जनप्रेमी आधारभूत विद्यालयको मतदान केन्द्रमा बिहान ८ बजे मतदान सुरु गरी अपराह्न ४.३० बजे नै स्थगित गरिएको थियो । चौधरीले भने–‘मतदान अधिकृतले नै पुनः मतदान हुने सूचना प्रकाशित गरेका थिए । तर स्थगित गरेपछि मतदान नै नगरी मतगणना सुरु गरिएकोमा हाम्रो आपत्ति छ ।’
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका र त्रियुगामा एकै प्रकारको घटना भएको हो । एउटा ठाउँमा आयोगले पुनः मतदान गरायो र अर्को ठाउँमा भने मतगणना सुरु गरेको छ, मतदान कार्यक्रम ढिलो गर्ने नियतले काम भयो । त्यस विषयमा विवाद भएपछि साढे ४ बजे पुनः मतदान गर्ने भनेर निर्वाचन स्थगित गरिएको थियो । ११ दिन ढिलो गरी मतगणना सुरु गरिएको छ । निर्वाचन अधिकृतले पुनः निर्वाचन गर्ने सूचना प्रकाशित गरेर मतदान नै नगरी मतगणना गरिएको छ । चौधरीले आयोगले पुनः मतदान गर्ने भनेर प्रकाशित गरेको सूचना नै देखाए ।
चौधरीका अनुसार पुनः मतदान हुने भन्दै सो वडाको मतपेटिकालाई छुट्टै ठाउँमा भण्डारण गरिएको थियो । त्रियुगा–१२ मा पुनः मतदान गर्ने वा त्यही मतदानलाई सही मानी मतगणना गर्ने भन्ने विषयमा विवाद हुँदा १२ दिनसम्म निर्णय हुन सकेको थिएन । निर्वाचन आयोगले पुनः मतदान नगरी मतगणना गर्ने काम गरेको छ । यो कानुनविपरीत र स्वेच्छाचारी भयो । यो काम विधिसम्मत छैन । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दादागिरी गरेर कानुनको धज्जी उडाउने काम गरेको चौधरीको आरोप छ ।
योजनाबद्ध रुपमा गरिएको कामविरुद्ध कानुनी उपचारमा जाने चौधरीले बताए । यस्तो स्वेच्छाचारी निर्णयबिरुद्ध मतगणना गर्ने कार्यम संलग्न सबैलाई अदालतमा उभ्याउने चौधरीले बताए ।
आफ्नो पकड रहेको वडामा गडबड गरिएको उनले बताए । उनले भने–त्यो मेरो पकड रहेको वडा हो । २०५४ सालको स्थानीय चुनावदेखि नै त्यस वडाबाट मलाई ८० प्रतिशत मत आएको हो, कांग्रेस र एमालेका उम्मेदवारहरू र निर्वाचन अधिकृतहरूको साँठगाँठमा एक्लौटी मतदान गरी पछि हावाहुरी आएको बहाना बनाएर स्थगित गरियो, पुनः मतदान गर्ने भने पनि गरिएन । निर्वाचन आयोगको पुनः मतदान गर्ने सूचना देखाउँदै चौधरीले भने ।
त्रियुगा नगरपालिकाको मतगणना जारी छ । जारी मतगणनामा चौधरी दोस्रो स्थानमा रहेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend