हुम्ला । २०७४ सालभन्दा यस पटकको स्थानीय तह निर्वाचनमा सात वटा गाउँपालिकामा महिला जनप्रतिनिधिको संख्यामा वृद्धि भएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा हुम्लाका सात गाउँपालिका र ४४ वडामा ८४ जना महिला निर्वाचित भएकोमा २०७९ सालको स्थानिय निर्वाचनमा जिल्लामा ९६ जना महिला जनप्रतिनिधि निर्वाचित भएका छन् ।
महिला जनप्रतिनिधिहरु उपाध्यक्ष २ जना, वडा अध्यक्ष १ जना, दलित महिला सदस्य ३६ जना, महिला सदस्या ४४ जना र १३ जना खुला सदस्या गरी जम्मा ९६ महिला निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।
निर्वाचित महिला सदस्यहरु मध्ये ८० जना महिला सदस्य र दलित महिला सदस्यमा निर्वाचित भएका छन । यस्तै, १३ जना दुई खुला निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत जगतबहादुुर पौडेलले बताए ।
नाँम्खामा ६ जना आरक्षण कोटा र एक जना खुल्ला सदस्यमा निर्वाचित भए पनि दलित महिला सदस्याको हकमा शून्य देखिएको छ । सिमकोटमा ८ जना आरक्षण महिला सदस्य, ८ जना आरक्षण दलित महिला सदस्य र ८ जना खुल्ला सदस्यमा महिला जनप्रतिनिधि निर्वाचित भएको जिल्ला निर्वाचन कार्यलयको स्रोतले जानकारी दिएको छ ।
हुम्लाको मध्य भेगमा रहेको खार्पुनाथ गाउपालिकामा वडा नं ४ मा वडाध्यक्ष सर्वसहमतिमा निर्वाचित भएकी छिन भने ५ जना आरक्षण महिला सदस्य, ५ जना आरक्षण दलित महिला सदस्य, एक जना खुल्लामा निर्वाचित भएका छन ।
जिल्लाकै तल्लो भेगका पालिकाहरु सर्केगार्डमा ८ जना आरक्षण महिला सदस्य, ८ जना आरक्षण दलित महिला सदस्य र दुुई जना खुल्ला सदस्यामा निर्वाचित भएको जिल्ला निर्वाचन कार्यलयमा सूचना अधिकृत श्याम बहादुर रानाले बताएका छन ।
यसौगरी जिल्लाको चङ्खेलीमा १० जना आरक्षण र एक जना खुल्ला, अदानचुलीमा १२ जना आरक्षण र ताँजाकोट गाउँपालिकामा दश जना आरक्षण कोटाबाट मात्र निर्वाचित भएका छन्।
स्थानीय तहको निर्वाचनमा महिलाका लागि आरक्षणको कोटा नभएको भए यो संख्या अझै कम हुने हुम्लाकी महिला अधिकारकर्मी गंगा बाहराले बताइन् । विगतमाभन्दा अहिले निर्वाचित हुने महिलाको संख्या बढे पनि दलहरूले महिलाहरुलाई अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र खुल्ला सदस्यमा खासै स्थान दिन नसकेको पाईएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend