काठमाडौं । आज शनिवार देशभर १ सय ९ जना कोरोना संक्रमित भेटिएका छन् । आज थपिएका १०९ जना संक्रमित सहित नेपालमा संक्रमितहरुको संख्या १८ हजार ४ सय ८३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
हालसम्म नेपालमा कोरोनाको कारणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ भने १३ हजार ५३ जना निको भएर घर फर्किएका छन्।