Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदूरपश्चिम प्रदेशसभाको बैठक जेठ १६ गते आह्वान गर्न सिफारिस


    शुक्रबार, जेष्ठ १३ २०७९
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन जेठ १६ गतेका लागि आह्वान गर्न मन्त्रिपरिषदको बैठकले सिफारिस गरिएको छ ।

    शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले १६ गते बैठक आह्वान गर्न प्रदेश प्रमुखसमक्ष आह्वानको सिफारिस गरेको हो । 

    सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले प्रदेशसभाको दशौं अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको बताए । मन्त्री रावलका अनुसार जेठ १६ गते दिउँसो ३ बजेका लागि अधिवेशनको बैठक बस्ने गरी मन्त्री परिषदले सिुफारिष गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार