Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित


    शुक्रबार, जेष्ठ १३ २०७९
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । 

    गत मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रमलाई राष्ट्रिय सभाले बहुमतले शुक्रबार पारित गरेको हो । 

    शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।

    यसअघि सो प्रस्तावमाथि राष्ट्रिय सभा सदस्यले उठाएको प्रश्न र जिज्ञासाको जवाफ प्रधानमन्त्री शेरबहादुर देउवाले दिएका थिए । 

    राष्ट्रियसभाको अर्को बैठक १५ जेठ अपरान्ह ३ बजे बस्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार