Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • द्वन्द्वपीडितले छिट्टै न्यायको अनुभूति गर्न पाउँछन्- गृहमन्त्री


    शुक्रबार, जेष्ठ १३ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाै‌ं । गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रिय मानव अधिकार आयोगको स्वतन्त्रता र स्वायत्ततासमेत केन्द्रीत गरी आयोगको ऐन संशोधनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । 

    ऐन संशोधनको मस्यौदा संसद्‍मा पेस भइसकेको भन्दै उनले ऐनबाट आयोग अझ सशक्त हुने बताए । 

    आयोगको २२ औँ स्थापना दिवसको अवसरमा शुक्रबार गृहमन्त्री खाणले ऐन संशोधनसँगै आयोगको संगठनात्मक संरचनालाई छिट्टै सरकारले स्वीकृत गर्ने पनि बताए । 

    ‘मुलुक सङ्‍घीय संरचनामा गए पश्‍चात् राष्ट्रिय मानव अधिकार आयोगले संशोधनसहित पेश गरेको संगठनात्मक संरचनालाई नेपाल सरकारले छिट्टै स्वीकृत गर्ने विश्‍वास दिलाउन चाहन्छु’, खाणले भने । 

    उनले द्वन्द्वकालीन घटनाका पीडितको न्याय प्राप्तिमा सरकार प्रतिबद्ध रहेकोले स‌ंक्रमणकालीन संयन्त्रमार्फत छिट्टै पीडित र परिवारमा समेत न्यायको अनुभूति हुने गरी सो कार्यलाई निष्कर्षमा पुर्‍याउने दाबी गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार