Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीलाई मिनेन्द्रको आग्रह- पार्टी जोगाउन नसकेर पराजित हुनुभयो, हारको कुण्ठा कांग्रेसमाथि नपोख्नु


    शुक्रबार, जेष्ठ १३ २०७९
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनेन्द्र रिजालले एमाले अध्यक्ष केपी ओलीलाई पराजयको कुण्ठा कांग्रेसलाई नपोख्न आग्रह गरेका छन् । 

    सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा भइरहेको छलफलमा सहभागी हुँदा उनले एमाले अध्यक्ष ओलीलाई स्थानीय तह निर्वाचनमा भएको पराजयको कुण्ठा कांग्रेसमाथि नपोख्न आग्रह गरेका हुन् । 

    आफ्नै पार्टी जोगाउन नसकेर स्थानीय तहमा एमाले पराजित भएको भन्दै उनले गठबन्धनको सहारामा नभएर कांग्रेसले आफ्नै जनाधारले निर्वाचित भएको बताए । 

    कांग्रेसको भन्दा एमालेले कहिल्यै पनि धेरै प्रतिशत मत नल्याएको भन्दै रिजालले आगामी निर्वाचनको तयारी गर्न ओलीसहित एमालेलाई आग्रह गरे । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार