Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाटोमा हिंडिरहेका ६ वर्षीय बालकलाई पहिरोले पुर्‍यो, खोजी कार्य जारी


    शनिबार, साउन १० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • फाइल फोटो

    दार्चुला । महाकाली नगरपालिका–२ बडालीगाउँँ नजिक शुक्रबार गएको सुक्खा पहिरामा पुरिएका बालकको खोजी जारी राखिएको छ । नौगाड गाउँँपालिका–२ तल्लो सुण्डमुण्डका छ वर्षीय जेनिस ठगुन्ना शुक्रबार घरबाट सदरमुकाम खलंगा आउने क्रममा पहिरामा पुरिएका थिए ।

    शुक्रबार पहिरोमा पुरिएका बालकको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेका छन् । सडकमाथिबाट खसेको पहिरामा परि बेपत्ता बालक फेला नपरेको जिल्ला प्रहरी कार्यालयका नायव उपरीक्षक पदमबहादुर विष्टले बताउनुभयो । सदरमुकाम खलंगामा विद्यालय खुलेसँगै गाउँँबाट आउँदै गरेको अवस्थामा एक्कासी बालक पहिरामा पुरिएका हुन् । “पहिरो निकै ठूलो आएको छ । कुन ठाउँमा बालक फसेको भन्ने एकिन भएको छैन्”, उहाँले भन्नुभयो । शुक्रबार अबेरसम्म खोजी कार्य गर्दा फेला नपारेको प्रहरीले जनाएको छ । आज पनि बिहानै सुरक्षाकर्मीले पहिरो पन्छ्याएर बालकको खोजी कार्य जारी राखेका छन् । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार