Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापा आइपुग्यो प्रदेश सरकारको पीसीआर मेसिन


    शनिबार, साउन १० २०७७
    975
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • दमक । प्रदेश १ सरकारले मेची अञ्चल अस्पताललाई उपलब्ध गराएको कोभिड–१९ परीक्षण गर्ने अत्याधुनिक पीसीआर मेसिन झापामा आइपुगेको छ।

    जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले शनिबारदेखि मेसिनको जडान शुरु हुने र छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको बताए। स्वीस सरकारबाट प्रदेश सरकारलाई प्राप्त भएको सो मेसिन मेची अञ्चल अस्पतालभित्र प्रयोगशालामा राखिने अस्पताल विकास समितिका अध्यक्षसमेत रहनुभएका पोर्तेलले जानकारी दिए। 

    मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र झापाका प्रदेश सांसदको उपस्थितिमा स्वीस सरकारका प्रतिनिधि अमन गोन्छेले पीसीआर मेसिन विराटनगरमा एक कार्यक्रमबीच हस्तान्तरण गरेका थिए।

    झापामा कोभिड–१९ को परीक्षण गर्ने अर्को पिसिआर मेसिन कनकाईको समर्पण भवनमा जोड्ने काम सम्पन्न भइसकेको छ। ‘एकका लागि एक अभियान’ले उक्त मेसिन जनस्तरमा चन्दा संकलन गरेर खरिद गरेको हो। अभियानका संयोजक महेन्द्र गिरीले जनस्तरबाट किनेर जडान गरिएको पीसीआर मेसिनसमेत प्रदेश सरकारलाई सञ्चालनका लागि हस्तान्तरण गरिने बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार