Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णाली प्रदेश प्रमुखले गरे आर्थिक विधेयक प्रमाणीकरण


    बिहिबार, जेष्ठ १२ २०७९
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कर्णाली । कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्।

    प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको उक्त विधेयक अब ऐनमा परिणत भएको छ।

    कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ पारित भएको थियो।

    उक्त विधेयक उनले जेठ ११ गते नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरी जारी गरेको कर्णाली प्रदेश प्रमुखको कार्यालय, सुर्खेतका निमित्त सचिव भीमराज थानीले जानकारी दिए। यससँगै कर्णालीमा ३८ विधेयक प्रमाणीकरण भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार