Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी, एक जना पक्राउ


    बिहिबार, जेष्ठ १२ २०७९
    650
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा एमबीबीएस अध्ययन गर्न विदेशी नागरिकले पाउने छात्रवृति कोटामा भर्ना गरिदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा अछाम मंगलसेन नगरपालिका–२ बस्ने चक्र बहादुर बिक रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । 

    आफुलाई वीर अस्पताल र त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंमा कार्यरत एमबीबीएस/एमएस कन्सल्टेन्ट न्यूरोसर्जन डा.दिपक बिसी हुँ भनि उनले चिनाउने गरेको प्रहरीले जनाएको छ ।

    बिकले छात्रवृतिमा एमबीबीएस अध्ययन गर्न पाउने कोटामा ३० लाख रुपैयाँ लिई भर्ना गरी दिन्छु भनी विश्वासमा पारी पीडितबाट पटक पटक गरी १७ लाख रूपैयाँ ठगी गरेको प्रहरीले बताएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार