Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज रातो मच्छिन्द्रनाथको रथारोहण


    शनिबार, साउन १० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । आज रातो मच्छिन्द्रनाथको रथारोहण गरिँदैछ । सरकारले जारी गरेको सुरक्षा मापदण्डअनुसार सामाजिक दूरीलगायतका नियम पालना गरेर रथारोहण गर्ने तयारी भएको गुठी संस्थान ललितपुरले जनाएको छ ।

    यसअघि गएको बुधबार आज हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गरिएको थियो । तर रथारोहणका लागि अर्को साइत नभएपछि आज नै रथारोहण गर्ने निर्णय भएको बताइन्छ । आज दिउँसो १२ बजेर ५ मिनेटदेखि १२ बजेर १५ मिनेटको साइतमा मूर्तिलाई पुल्चोकमा निर्माण गरिएको रथमा विराजमान गरिने रातो मच्छिन्द्रनाथका ज्योतिष, दैवज्ञ ज्योतिष कीर्तिमदन जोशीले बताए ।

    गएको वैशाख १२ मा रथारोहण गरिनुपर्नेमा कोरोना भाइरसको जोखिमका कारण रथ निमार्ण गरी नसकेका कारण मूर्तिलाई मच्छिन्द्रबहालमा रहेको भजन पाटीमा राखिएको छ । आज त्यहीबाट ल्याएर मूर्तिलाई रथमा विराजमान गरिनेछ । यसअघि पनि असार २४ गते रथारोहण स्थगित गरिएको थियो ।

    रथको माथिल्लो भागमा रहने धकिबाँयम्व राखेपछि मूर्तिलाई रथमा राखिनेछ । रथमा सुनका फूल, झ्याल, कौसी, धमा जडान गरिएकोे रथ निमार्णमा संलग्न बाराही नाइके दिलकुमार बाराहीले बताए ।

    चित्रकार समुदायले ह्यग्रिभ भैरवको अनुहार कोरेपछि मात्र रथको अगाडि भागमा रहने लामो काठ धमालाई रथमा जडान गरिने गरिन्छ । रथको रक्षाको लागि ककोर्टक नागले भैरवको मुखटौ लगाएर रथको अगाडि बस्ने जनविश्वास छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार