Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोरखामा पहिरो झरेर थुनियो खोला


    शनिबार, साउन १० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गोरखा । लगातारको वर्षा आएसँगै गोरखाका विभिन्न क्षेत्रमा पहिरो झर्ने क्रम तीव्र भएको छ । पहिरोले गोरखाको धार्चे गाउँपालिका-७ स्थित नौलीखोला थुनिएको छ।

    गएराति झरेको पहिरोले लापु गाउँमा रहेको म्यापुडाँडामा नौलीखोला थुनिएको हो । खोला थुनिएर त्यहाँ ताल बनेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । ताल फुटेर थप क्षति हुने भन्दै स्थानीय बासिन्दा त्रसित भएको समेत बताएका छन् । 

    तालको कारण करिब ५० घर जोखिममा परेको बताइएको छ । 

    थुनिएको खोला खोल्नका लागि नेपाल प्रहरी र नेपाली सेनाको टोली गइसकेको गोरखा प्रशासनले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार