Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फरार तीन अभियुक्त पक्राउ


    शुक्रबार, साउन ९ २०७७
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले विभिन्न मुद्दामा संलग्न रही फरार रहेका तीन अभियुक्तलाई पक्राउ गरेको छ । प्रदेश प्रहरीको विशेष टोलीले कर्तव्य ज्यान, जबर्जस्ती करणी र अनादर चेक मुद्दामा संलग्न रहेको ठहर गरी जिल्ला अदालतबाट फैसला भई कैद र जरिवाना भुक्तानी नगरेका अभियुक्तलाई यही साउन ५, ६ र ७ गते पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद तोकिएका दुल्लु नगरपालिका–१० दैलेखका विष्णुबहादुर थापालाई वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल, जबर्जस्ती मुद्दामा तीन वर्ष कैद तोकिएका डुङ्गेश्वर गाउँपालिका–३ दैलेखका टोपबहादुर खत्रीलाई वीरेन्द्रनगर १२ चनौटे र चेक अनदार मुद्दामा दुई वर्ष जेल सजाय तोकिएका वीरेन्द्रनगर–१ सुर्खेतका नवराज शर्मालाई सोही स्थानबाट पक्राउ गरी जिल्ला अदालतमा बुझाइएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार