काठमाडौं । पाँच दलीय गठबन्धनका नेताहरूबीच स्थानीय तह निर्वाचनमा तालमेललाई लिएर भएको मनमुटाव छताछुल्ल हुँदै गएको छ ।
तालमेल भएको स्थानीय तहमा गठबन्धनकै नेतृत्वदायी दल नेपाली कांग्रेसबाट बागी उम्मेदवारी परेपछि गठबन्धनमा रहेका अन्य दलहरू नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले चित्त दुखाउँदै आएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार कैलालीको धनगढी पुगेर कांग्रेसबाट निर्वाचनमा धोका हुन सक्ने चेतावनी दिए ।
निर्वाचनको सङ्घारमा गठबन्धन दलहरूबीच तालमेल गर्न बल गर्ने नेताबाटै यस्तो चेतावनी आउनुको अर्थ गठबन्धनमा भित्रभित्रै आगो सल्किरहेको छ ।
प्रचण्ड राष्ट्रियसभा निर्वाचनमा १९ मध्ये १८ सिटमा तालमेल हुँदा जित हात परेपछि हौसिएका थिए । स्थानीय निर्वाचनमा पनि तालमेल हुँदा प्रमुख विपक्षी दल एमालेलाई पराजित गर्न सकिने उनको हिसाब थियो ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी पनि तालमेल गर्दा एमालेलाई कमजोर पार्न सकिने निष्कर्षमा थिए ।
सोही कारण १७ चैतमा तालमेल गर्ने निर्णय गरेर अघि बढे पनि अधिकांश स्थानीय तहमा तालमेल नै सम्भव भएन । तालमेल भएकामा पनि कांग्रेसबाट बागी उम्मेदवारी पर्यो। बागी उम्मेवदारीकै कारण चितवनको भरतपुर महानगरपालिकामा जित चुनौतीपूर्ण बनेको छ ।
प्रचण्डले सोमबार कांग्रेसबाट तालमेलमा धोका हुन सक्ने चेतावनी यही राजनीतिक पृष्ठभूमिमा दिएका हुन् । एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि सोमबार नै तालमेलप्रति असन्तुष्टि जनाए ।
उनको असन्तुष्टि भने कांग्रेस र माओवादीप्रति लक्षित थियो । उनले इलाममा भनेका थिए, ‘गठबन्धनको मर्म र भावनाविपरीत तालमेल भयो ।’
तैपनि गठबन्धनबाट भने अलग हुन भने नचाहेको बताए । तर, तालमेलबारे भने समीक्षा गर्न जरुरी रहेको उनको भनाइ छ ।
२३ वैशाखमा काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा पाँच दलको संयुक्त चुनावी सभामा सोही दलका अध्यक्ष माधवकुमार नेपालले पनि तालमेललाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए ।
जसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई त संयुक्त चुनावी सभामा सहभागी नै भएका छैनन् । उनीहरू सहभागी नहुनुको अर्थ तालमेललाई लिएर उनीहरू पनि खुसी छैनन् ।
जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले भने विज्ञप्तिमार्फत तालमेलको क्रममा एउटा पनि महत्वपूर्ण नगरपालिका नपाएको भन्दै आक्रोश पोखे ।
यसरी गठबन्धनकै चार दलका शीर्ष नेताहरूबाटै निर्वाचन हुन तीन दिन बाँकी छँदा मुख्य रूपमा कांग्रेसप्रति प्रश्न गरिरहनु अर्थपूर्ण छ । फेरि, यहीबेला प्रमुख विपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘१७ असार’लाई गठबन्धन भत्किने ‘डेटलाइन’ तोकिदिएका छन् ।
हुन त कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गृहजिल्ला झापाको धुलाबारीमा पुगेर कांग्रेस नेतृत्वमा गठबन्धन बनाउन माओवादी अध्यक्ष दाहाल र एकीकृत समाजवादीका अध्यक्ष नेपालको योगदान धेरै रहेको चर्चा गरे ।
उनले भनेका छन्, ‘अहिले नेपाली काँग्रेसको नेतृत्वमा गठबन्धन बन्नुमा पुष्पकमल दाहालको धेरै योगदान छ, त्योभन्दा पनि बढी योगदान माधवकुमार नेपालको छ।’
दाहाल, नेपालसहितका नेताहरू तालमेलमा कांग्रेसको भूमिकालाई लिएर असन्तुष्ट भएका बेला शर्माले उनीहरूलाई फकाउन यसो भनेका हुन् ।
पाँच दलबीच गठबन्धन भने तत्कालीन प्रधानमन्त्री ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि भएको हो । गठबन्धनकै कारण सङ्घीय सरकारसँगै प्रदेश १, बाग्मती, गण्डकी र लुम्बिनी सरकार एमालेले गुमायो ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend