Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेटौंडा–२ मा गठबन्धनको प्रतिबद्धता सार्वजनिक


    शनिबार, बैशाख १७ २०७९
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का सत्तारुढ गठबन्धनका उम्मेदवारहरूले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका विष्णुगोपाल महर्जनले वडाअन्तर्गतका सडकहरूको ‘सडक अधिकार’ क्षेत्रभित्रका जग्गाहरूको लगत कट्टा गरी हाल साबिक गरिने बताए ।

    हेटौंडा ५ र २ को सिमाना खोल्सीमा तटवन्धन र पैदलमार्ग निर्माण गर्न बहुवर्षीय योजना तयार गरिने उनको भनाई छ । 

    उनले हेटौंडा–२ को अव्यवस्थित भएको ढल व्यवस्थित गर्ने बताए । ‘खेलाडी उत्पादनका लागि तालिम तथा खेलकुद आयोजना गरिनेछ । साथै उपयुक्त स्थान भेटिएमा खुला व्यायामशाला निर्माण गरिनेछ,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार