Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौँ महानगरले दियो प्रसूतिगृहलाई पीसीआर र वीरलाई स्वचालित एट्राक्सन मेसिन


    आइतबार, साउन ४ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  •  काठमाडौं । काठमाडौं महानगरपालिकाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र प्रसुति तथा स्त्री रोग अस्पताल थापाथलीलाई कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । भगिनी सम्वन्ध स्थापित जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई अनुदान स्वरुप दिएका केही स्वास्थ्य सामाग्री ती दुई अस्पताललाई आज हस्तान्तरण गरिएको हो ।
     
    medicin.jpg
    असार ११ गते तातो पानी नाकाको मितेरी पुलमा ल्हासा सहरका विदेश विभाग प्रमुख झासजियकन सहितको टोलीले काठमाडौँ महानगरपालिकाकाको टोलीलाई हस्तान्तरण गरेका ती सामाग्री पैदल मार्गबाट सिन्धुपाल्चोक हुँदै काठमाडौं ल्याइएको थियो । १४ लाख ९९ हजार ३ सय ७५ चिनियाँ युआन अर्थात करीब २ करोड ५७ लाख २९ हजार २७५ रुपैयाँ बराबरका ती स्वस्थ्य सामाग्री मध्ये आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट ३००० थान, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीइ) ५ सय थान हस्तान्तरण गरिएको हो । त्यसैगरी प्रसुतीगृहलाई पीसीआर मेसिन एक थान, भिटिएम १५ सय थान, आरडीटी १५ सय थान र पीपीइ ५ सय थान हस्तान्तरण गरिएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र विलास बज्राचार्यले जानकारी दिनुभयो ।
     
    प्रसुती गृहलाई हस्तान्तरण गरेको पीसीआर मेसिनको मूल्य चार लाख ४० हजार युआन र वीर अस्पताललाई हस्तान्तरण गरेको स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिनको मूल्य १ लाख युआन रहेको महानगरपालिकाले जानकारी दिएको छ । स्वास्थ्य सामाग्री हस्तान्तरणपछि महानगरपालिकाका प्रमुख शाक्यले काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध स्थापित गरेको ल्हासा सहरले अनुदान स्वरुप दिएका केही स्वास्थ्य सामाग्री दुई अस्पताललाई हस्तान्तर गरेको बताउनुभयो । ‘हामीलाई ल्हासा सहरले पहिलो चरणमा केही सामग्री पठाएको थियो । त्यही सामाग्री हामीले स्वास्थ्य मन्त्रालयसँग समेत समन्वय गरेर विर अस्पताल र प्रसुतीगृहलाई हस्तान्तरण गरेका हौँ,’ शाक्यले भन्नुभयो, ‘यो अहिलेको अवस्थामा प्रयाप्त सहयोग होइन । तपाईँहरुले हामीले अपेक्षा गरे अनुसार नै जति सक्दो बढीलाई सेवा दिनुहोला र यसको उच्चतम सदुपयोग गर्नुहोला ।
     
    आगामी दिनमा थप सहयोग गर्न हामी तयार छौँ ।’ उहाँले विगतमा पनि काठमाडौँ महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको पनि बताउनुभयो । ‘भोलिका दिनमा पनि तपाईँहरुसँग समन्वय गरेर स्वास्थ्यका क्षेत्रमा हातेमालो गर्दै अघि बढ्न चाहन्छौँ,’ उहाँले भन्नुभयो, ‘आर्थिक बर्ष २०७७–०७८ को बजेटमा पनि कोभिड–१९ को असर, त्यसको रोकथाम र यसवाट पर्नसक्ने प्रभाबहरुको न्यूनीकरण लगायतका विशेष कार्यक्रमका लागि बजेट विनियोजन गरेका छौँ ।’ कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डाक्टर केदार प्रसाद सेन्चुरीले आगामी दिनमा पनि महानरपालिकासँग थप सहयोगका अपेक्षा गरेको बताउनुभयो ।
     
    प्रसुतीगृहका निमित्त निर्देशक डाक्टर सन्दिप पौडेलले पनि महानगरपालिकाले यस्तो अवस्थामा गरेको सहयोगको खुलेर प्रषंशा गर्नुभयो । काठमाडौँ महानगरपालिकाको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम वसेलका अनुसार अधिकृत यम वस्यालले ल्हासाबाट स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, यसमा प्रयोग हुने रिजेन्ट ३ हजार थान, पिसिआर मेसिन १ थान, भिटिएम ३ हजार थान प्राप्त भएको जानकारी दिनुभयो । यस्तै आरडीटी किट ३ हजार थान, डिस्पोजेब सर्जिकल पञ्जा २ हजार ५ सय थान, मेडिकल मास्क ३ हजार थान, इन्फ्रारेड थर्मोमिटर ३ सय ७५ थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट (पीपीइ) २ हजार छ सय थान रहेका छन् । अन्य सामाग्री महानगर आफैंले प्रयोग गर्ने जनस्वास्थ्य महाशाखाले जनाएको छ ।
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार