Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेस मुगुका उपसभापतिकै जन्मगाउँको वडा अध्यक्षमा बागी उम्मेदवार 


    शनिबार, बैशाख १७ २०७९
    805
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मुगु । नेपाली कांग्रेस मुगुका उपसभापति हरिजंग शाहीको गृह वडामै वडा अध्यक्षको बागी उम्मेदवारी परेको छ । छायानाथ रारा नगरपालिका–७ टोप्ला गाउँको वडा अध्यक्षका उम्मेदवार गगन शाहीविरुद्व सोही वडाका बहालवाला वडा सभापति धर्मेन्द्र शाहीले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।
      
    नेपाली कांग्रेसको केन्द्रीय निर्देशनअनुसार स्वतन्त्र रुपमा उम्मेदवारी दिने व्यक्तिलाई उम्मेदवारी फिर्ता लिन भने पनि वडा नम्बर ७ का वडा अध्यक्ष पदका उम्मेदवार शाहीले निर्देशन मानेका छैनन् । यहाँ पार्टीले गगनबहादुर शाहीलाई वडा अध्यक्षको टिकट दिएको थियो । 

    स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी दिएका शाहीले राजीनामा पत्र जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीमा गरेको त्याग तपस्या, परम्परालाई निरन्तरता दिँदा पनि पार्टीको सिद्धान्तअनुसार आफूमाथि कुनै पनि न्याय नभएको हुँदा १६ वैशाखदेखि लागु हुने गरी पार्टीको सामान्य सदस्यबाट समेत राजीनामा दिएको छु ।’ 

    मुगुका वडा नम्बर ५, ७, १० र ११ मा नेपाली कांग्रेसका उम्मेदवारविरुद्ध बागी परेको कांग्रेस मुगुका एक नेताले बताए । यसले औपचारिक उम्मेदवारलाई धक्का पुग्ने उनको भनाइ छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार