Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आठ वटा चोरीका स्कुटरसहित ५ जना पक्राउ


    शुक्रबार, बैशाख ९ २०७९
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । पल्सर मोटरसाइकल बढी चोरी हुने गरेकोमा पछिल्लो पटक स्कुटर चोरी पनि बढेको छ । प्रहरीले काठमाडौं उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाइकल चोरी हुने गुनासो प्राप्त भएपश्चात ‘अप्रेसन बाइक हन्ट’ सञ्चालन गरेको थियो । त्यस अप्रेसनलाई निरन्तरता दिने क्रममा २०७९ बैशाख ७ गते प्रहरी बृत्त स्वयम्भूबाटबाट खटिएको प्रहरी टोलीद्वारा चेकजाँच गर्ने क्रममा १ वटा स्कुटरसहित चोरीमा संलग्न अरुण नेपाली नामक ब्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान प्रारम्भ गरेको  थियो ।

    अनुसन्धानको बिविध बिधि र प्रविधिको प्रयोग गरी अनुसन्धान गर्ने क्रममा अरुण नेपालीको गिरोहका ब्यक्तिहरुले काठमाडौंका बिभिन्न स्थानबाट चोरी गरी ल्याएका स्कुटर लुकाई छिपाई राखेका भन्ने तथ्य खुल्न आएको थियो ।

    तत्पश्चात प्रहरी बृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीद्वारा बैशाख ८ गते काठमाडौं महानगरपालिका वडा नं १५ चौमतीस्थित सडकखण्डबाट स्कुटर चोरीमा संलग्न ५ जनालाई नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा लिइएकाहरुमा काभ्रे धुलिखेल नगरपालिका वडा न ११ घर भएका १८ बर्षीय अरुण नेपाली, धादिङ्ग निलकण्ठ नगरपालिका वडा न १० सिम्ले ज्यामरुङ घर भई हाल क्षेत्रपाटी बस्ने १८ बर्षीय प्रदीप नेपाली, काठमाडौं महानगरपालिका वडा नम्बर १८ नरदेवी घर भएका १४ बर्षीय रामसुन्दर मानन्धर, काभ्रे नमोबुद्ध नगरपालिका वडा न ६ रोशीखोला घर भई हाल नरदेवी बस्ने १८ बर्षका बिबेश लामा र दाङ सिसामिया घर भई हाल डल्लु बस्ने १८ बर्षका सूर्य परियारलाई नियन्त्रणमा लिइएको प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार