Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुगुमा कांग्रेसबाट मेयरमा १२ , उपमेयरमा ५ जनाको नाम सिफारिस


    शुक्रबार, बैशाख ९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खड्क सुनार 

     मुगु ।  नेपाली कांग्रेस जिल्ला कार्य समिति मुगुले छायाँनाथ रारा नगरपालिकाको मेयर पदका लागि १२ जना र उपमेयरमा ५ जनाको नाम पार्टीको कर्णाली प्रदेश कार्य समितिलाई सिफारिस गरेको छ । 

    शुक्रबार कांग्रेस जिल्ला कार्य समितिको बैठक बसेर मेयरमा १२ र उपमेयरमा ५ जनाको नाम सिफारिस गरि निर्णाथको लागि कांग्रेस प्रदेश कार्य समिति सुर्खेतलाई सिफारिस गरिएको कांग्रेस प्रवक्ता प्रकाश कुमार शाहीले बताए ।

    उक्त मेयर पदको लागि हरिजंग शाही, जयबहादुर हितान, सुर्यदेबि मल्ल, खगेन्द्रबहादुर मल्ल, पदमबहादुर रावल ऐनबहादुर हमाल, कृष्णबहादुर सेजुवाल, लोकेन्द्रबहादुर मल्ल, भुपेन्द्रबहादुर मल्ल, सिंह बहादुर मल्ल, बिष्णु कुमार भाम र पशुपति शाहीको नाम सिफारीस गरिएको छ ।  

    त्यस्तै उपमेयरमा कांग्रेसले रामदेवि खड्का , ऐश्वर्य मल्ल, इश्वरदेबि रावल , खम्मेनी कामी र जसा नेपाली लाई सिफारिस गरेको हो । 

    कांग्रेस जिल्ला कार्य समितिले मेयर उपमेयरको लागि एक एक जनाको नाम सिफारिस गर्न नसक्ने अबस्था आएपछि  निर्णाथको निम्ति प्रदेश कार्य समितिमा पठाउनु पर्ने बाध्यत्मक परिस्थिति उत्पन्न भएको प्रबक्ता शाहीको भनाइ छ ।

    स्थानीय निर्बाचनको उम्मेदवारी मनोनयन गर्ने समय दुई दिन मात्र बाँकी रहदा कांग्रेसलाई तीन गाउँपालिका र एक नगरपालिकाको उम्मेदवारी टुंगो लगाउन हम्मे हम्मे परेको छ ।  न्युज कारखाना      

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार