Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनगढी उपमहानगरपालिकाको उपमेयर उम्मेदवारमा विवेकशीलकी उम्मेदवार विमला पन्त ओझा


    शुक्रबार, बैशाख ९ २०७९
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाएको छ । 
    इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष शिक्षक रहेको र २८ वर्षदेखि विभिन्न सामाजिक सङ्घ-संस्थाको संस्थापक रहेको अनुभव छ । 

     उनले महिला सशक्तीकरणका लागि विभिन्न कार्यक्रम संचालन गर्दै विगत २२ वर्ष देखि कैलाली र कञ्चनपुरका अति विपन्न परिवारका १३ सय  बालिकाहरूलाई प्रत्येक वर्ष १०+२ सम्म पठनपाठनका लागि आवश्यक सबै सामग्री सहयोग गरी पढाइको जिम्मेवारी लिएकी छन्। त्यसपछि उच्च शिक्षा अध्ययनको चाहना भएकालाई पनि उनले पढाउँदै आएकी छन् ।

    ओझा १४ वर्षदेखि जिल्ला अदालत कैलालीमा बाल इजलासमा समाजशास्त्रकी रूपमा संलग्न छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार