सुरेस परियार
सिमकोट । आगामी स्थानीय तह निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले चंखेली गाउँपालिका अध्यक्ष पदका लागि गोलाप्रथा गरेर उम्मेदवार छनोट गरेको छ ।
माओवादीबाट चंखेली गाउँपालिकाको अध्यक्षका लागि अध्यक्ष पदका लागि आठ जना आकांक्षीको नाम गाउँपालिका समितिबाट सिफारिस गरिएपछि अध्यक्ष चयनका लागि गोला प्रथा गरिएको नेकपा माओवादी जिल्ला समन्नय समिति संयोजक डा.दिपेन्द्र रोकायाले बताए ।
माओवादी केन्द्रले चंखिली गाउपालिका अध्यक्ष छनोटका लागि गरिएको गोलाप्रथामा दुई जनालाई सहभागी गराउँदा गोविन्दबहादुर शाही (प्रज्वलन) छानिएका छन् । गोला प्रथामा सहभागी अर्का आकांक्षी सुरवीर ऐडी ( पीडित) थिए ।
अध्यक्षका आकांक्षी गोविन्दबहादुर शाही, कालीबहादुर बुढा, कुलप्रसाद चौलागाईं, अजवीर बुढा, वर्षबहादुर शाही, शेरबहादुर पाल, धुर्बबहादुर शाही, सुरवीर ऐडी रहेका थिए। गोलाप्रथाबाट टिकट वितरण गरेपछि आकांक्षीमा असन्तुष्टि बढेको छ ।
हुम्लाको ताजाँकोट, अदानचुली, सर्केगार्ड, खापुनार्थ, सिमकोट, नाम्खा गाउँपालिका भने विवादित देखिएको छ । अर्का अध्यक्षका आकांक्षी धु्रवबहादुर शाहीले विचार सकिएपछि आध्यात्मिक चिन्तन बोकेर गोलाप्रथाबाट टिकट वितरण गरेको गुनासो गरेका छन् ।
त्यसक्रमा शाही र माओवादीको पूर्व जिल्ला अध्यक्ष एवं प्रदेश कमिटी सदस्य लालकेश जैशीबीच हात हालाहालको अवस्थासमेत आएको थियो ।
गोलाप्रर्था गर्ने कार्यक्रममा माओवादीका केन्द्रीय सदस्य विजय भण्डारी र छक्कबहादुर लामा लगायतको सहभागिता रहेको जनाइएको छ । न्युज कारखाना
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend