Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्थानीय तह निर्वाचन: तुलसीपुरमा एमालेबाट वडामा पुरानै अनुहार


    शुक्रबार, बैशाख ९ २०७९
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • दाङ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिकाका वडाहरुमा वडा अध्यक्षका उमेदवारहरुको टुंगो लगाएको छ । 

    लामो रसाकसीपछि एमालेले तुलसीपुरमा पुरानजै अनुहार दोहराएर वडा अध्यक्षको उम्मेदवार छनोट गरेको छ । तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा उमेदवारहरुको अन्तिम नाम सार्वजनिक भए सँगै यस्तो अवस्था देखिएको हो । उमेदवारहरु मध्ये अधिकांश वडामा यस अघि निर्वाचित जनप्रतिनिधि र प्रत्यासी उमेदवारहरु रहेका छन्  । 

    विशेषगरी वडा अध्यक्षमा उनीहरुको नाम दोहोरिएको छ । एमालेको तर्फबाट तुलसीपुर १ को अध्यक्षमा लक्ष्मण भण्डारीको नाम टुंगो लगाइएको छ । भण्डारी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट अध्यक्षमा निर्वाचित भएका थिए । 

    वडा नम्बर २ को अध्यक्षमा भिम बहादुर योगी यस अघि अध्यक्षमा पराजित भएका थिए । 

    यस अघि उनी कांग्रेसका वडा अध्यक्ष राजु आचार्यसंग पराजित भएका थिए । वडा नम्वर ३ को वडा अध्यक्ष वीर बहादुर विक, ४ मा बालकृष्ण राना (धुव्र) फेरी चुनाव लड्ने भएका हुन् ।

    दुवै जना एमालेबाट निर्वाचित बहालवाला वडा अध्यक्ष हुन् । यस्तैगरी वडा नम्वर ५ को अध्यक्षमा पदम पोख्रेल जेठुकान्छु, वडा नम्वर ६ मा दुजमान भण्डारी तय भएका छन् ।

    पोख्रेल नयाँ अनुहार हुन् भने भण्डारी तुलसीपुर ६ का वडा सदस्य हुन् । यस्तैगरी वडा नम्वर ७ मा डिल्ली भण्डारी, ८ मा धर्म वली, ९ मा बामदेव न्यौपाने, १० मा यमराज केसी, ११ मा मान बहादुर रावत, १२ मा मान बहादुर केसी, १३ मा मोहन पौडेल रहेका छन् ।  

    पौडेल यस अघि वडा अध्यक्षको प्रत्यासी हुन् । केसी वडा सदस्य हुन् । रावत नगरको कर्मचारीबाट गएका व्यक्ति हुन् । वडा नम्वर १४ मा कृष्ण बहादुर केसी, १५ मा लक्ष्मण चौधरी, चौधरी बहालवाला वडा अध्यक्ष हुन । १६ मा अमर खड्का, १७ मा लहरु चौधरी, १८ मा माधव वली, वली बहालवाला अध्यक्ष हुन् भने १९ मा प्रेमनाथ योगी वडा अध्यक्षमा चुनाव लड्न

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार