Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महोत्तरीमा राजीनामा दिने वहालवाला जनप्रतिनिधिहरु थपिए


    शुक्रबार, बैशाख ९ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महोत्तरी । वहालवाला जनप्रतिनिधिले स्थानीय तहमा उम्मेदवार बन्न चाहेमा अनिवार्य राजीनामा दिनुपर्ने प्रावधानअनुसार महोत्तरीमा धमाधम राजीनामा आउन थालेको छ ।

     उम्मेदवारको दाबी गर्ने वहालवाला जनप्रतिनिधिहरुले धमाधम राजीनामा दिन थालेका हुन् ।

    शुक्रवारमात्र जिल्लाका झण्डै ५० जनाभन्दा बढीले राजीनामा दिएका छन्  । १५ वटै पालिकामा अघिल्लो निर्वाचनमा निर्वाचित वडा सदस्य देखि पालिका प्रमुखसम्मले राजफनामा दिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृतहरुले जानकारी दिए ।

    उम्मेदवार मनोनयन दर्ता गर्न जाँदा राजीनामा दिएको निस्सा अनिवार्य गरेको हुनाले जनप्रतिनिधिका अकाङक्षी वहालवाला जनप्रतिनिधिहरुले राजीनामा दिइरहेका हुन् । 

    बर्दिबासस्थित वडा न.३ मा आजै वडा सदस्यदेखि वडा अध्यक्षसम्मले राजीनामा दिएका छन् । हालका वहालवाला वडा सदस्य गणेश बस्नेतलाई पाटीले वडा अध्यक्षमा सिफारिस गरेको छ भने वडा अध्यक्ष राजन ढुङगना नगरप्रमुखका दावेदार हुन् ।

    त्यसैगरी वडा न.७ का वडा अध्यक्ष फाल्गुन सुस्लिङ्ग मगरले पनि आजै राजीनामा दिएका छन् । उनी  नेकपा एमालेवाट नगरप्रमुखको दावेदार हुन् ।  त्यसैगरी वडा न.२, वडा न.१३ वाट पनि राजीनामा आएको प्रमुख प्रशासकिय अधिकृत गणेश दाहालले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार