Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपैडिया क्षेत्रमा उच्च सतर्कता


    शुक्रबार, बैशाख ९ २०७९
    725
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । भारतमा कोभिड संक्रमण बढ्न थालेपछि बाँकेको रुपैडिया सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन थालिएको छ। 

    हेल्थ डेस्क स्थापना गरी दिनहुँ १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण गरिएको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरन ज्ञवालीले जानकारी दिए।

    गत चैत महिनामा छ हजार ४०० को एन्टिजेन परीक्षणमा चार पोजेटिभ देखिएका थिए तर अहिलेसम्म पोजेटिभ नदेखिएको उनले जानकारी दिए। सीमा क्षेत्रमा खास गरेर खोप कार्डलाई अनिवार्य गरिएको छ। 

    ‘दोस्रो डोज लगाएको प्रमाणित खोप कार्ड छैन भने पुनः एन्टिजेन परीक्षण गर्ने गरेका छौं’, उनले भने।

    खोपका कारणले पनि विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै उनले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन नदिएको जानकारी दिए।

    सो सीमा क्षेत्रबाट चार हजार ८०० खोप कार्ड भएका नागरिक नेपाल आवतजावत गरेका छन्। 

    स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजङ्ग शाहले स्वास्थ्य जाँचलाई सीमा क्षेत्रमा कडाइका साथ लागू गरिएको उल्लेख गर्दै केही साता यतादेखि स्वास्थ्य जाँचका लागि पाँच जनाको स्वास्थ्य समूह परिचालन भएको बताए।

    संक्रमण बढेको अवस्थामा जिल्लामा कयौंको मृत्यु भएको थियो। भेरी अस्पताल, नेपालगञ्जका सूचना अधिकारी डा. संकेत कुमार रिसालले अहिलेसम्म कोभिड संक्रमणको बिरामी नआएकाले शून्य अवस्था रहेको उल्लेख गर्दै सर्तकता आवश्यक भएको बताए।

    ‘अहिलेसम्म कोभिडको कुनै बिरामी आएको छैन’,उनले भने।

    नेपालमा पनि संक्रमण बढेपछि सरकारले सीमा क्षेत्रमा सर्तकता अपनाउन निर्देशन दिएको थियो।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार