मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिक तोडफोड भएको छ।
गएराति अज्ञात समूहले पार्कमा रहेका शालिकमाथि तोडफोड गरेको स्रोतले बताएको छ ।
मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोल्सामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा छ फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार पार्कमा रहेका अन्य संरचना भने यथावत छन् । त्यहाँ रहेका गमला, बत्ती र सँगै रहेको बुद्धको शालिक केही नगरिनु र यी दुई शालिकलाई मात्रै असर पुग्ने गरी घटना घटाइनु नियोजित रुपमा गरिएको अपराधिक कार्य भएकाे प्रहरीले बतताएकाे छ ।