काठमाडाैं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५३ औं वार्षिकोत्सवका अवसरमा नेविसं उपत्यका क्याम्पस एकाइले बुधबार आयोजना गरेको ‘स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व’ विषयक अन्तर्क्रियामा उनले भ्रातृ एवं शुभेच्छुक संस्थालाई बलियो बनाएर कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने बताएका हुन्।
‘हामी के कारणले कम्युनिस्टसँग मिलेर निर्वाचनमा जान खोजिरहेका छौं? कांग्रेस एक्लै लड्यो भने पनि आफ्नो गन्तव्यमा पुग्न सक्छ,’ डा कोइरालाले भने। उनले कांग्रेसलाई कुनै शक्तिको वैसाखी टेक्नु नपर्ने अवस्था रहेको उल्लेख गरे।
उनले आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सबै विद्यार्थी लाग्नुपर्ने पनि बताए। नेविसंघलाई पूर्णता दिए मात्र कांग्रेस बलियो हुने उनको भनाइ थियो।
कांग्रेस उपसभापति धनराज गुरुङले नेविसंघको भविष्य अँध्यारोमा राखेर कांग्रेसको भविष्यमा उज्यालो खोज्न नहुने बताए। उनले पार्टीको वैचारिक धरातललाई थाती राखेर प्राविधिक धरातल खोज्न जाँदा पार्टी संकटमा पर्ने भन्दै यसप्रति कांग्रेस नेतृत्व सजग हुनुपर्ने बताए।
‘कांग्रेस बचाउन बाहिर धामीझाँक्री खोज्नुभन्दा नेविसंघ बचाउन जरूरी छ,’ उनले भने। उनले आगामी निर्वाचनमा कांग्रेसलाई जिताउन भरमग्दुर प्रयत्न गर्नुपर्ने बताए। कांग्रेसलाई तालमेलले भन्दा पनि एजेन्डाले जिताउनुपर्ने उनको भनाइ थियो।
कांग्रेस महामन्त्री गगनकुमार थापाले स्थानीय तहको निर्वाचनलगत्तै नेविसंघ केन्द्रीय कार्यसमितिले पूर्णता पाउने बताए, ‘नेविसंघको वर्तमान कार्यसमितिले नै निर्वाचन गर्छ।’
महामन्त्री थापाले कांग्रेसले आफ्ना मतदाता बढाउने गरी संगठन विस्तारमा लाग्नुपर्ने बताए।
‘विगतमा बनेका सरकार हेर्दा पनि कम्युनिस्टसँग गठबन्धन गर्दा भरपर्दो देखिँदैन। कम्युनिस्ट पार्टीको गठबन्धनमा कांग्रेस सरकार बन्ने प्रवृत्तिको अन्त्यका लागि कांग्रेसले संगठन विस्तार गर्नुपर्छ,’ उनले भने।
कांग्रेस संगठनलाई बलियो बनाउने गरी विस्तार गर्नुपर्ने उनको भनाइ थियो।
कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले पर्यटन, कृषि र जलविद्युतको माध्यमबाट देशको आर्थिक विकास गर्न कांग्रेस प्रतिबद्ध भएर लाग्नुपर्ने बताए। नेविसंघले मुलुकमा कम्युनिस्ट प्रवृत्ति अन्त्यका लागि लड्नुपर्ने बेला आएको पनि उनको भनाइ थियो।
कांग्रेसका सहमहामन्त्री जीवन परियारले पार्टीले म्याद सकिएका सबै भ्रातृ संस्थालाई यथाशक्य चाँडो पूर्णता दिने बताए। निर्वाचनमा कांग्रेसले भ्रातृ संस्थालाई चलायमान बनाउन नसक्नु दुःखद भएको पनि उनले बताए।
सहमहामन्त्री परियारले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीले स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने भनी स्थानीय तहलाई तालमेलको अधिकार दिएको भन्दै सोहीअनुसार कांग्रेस अगाडि बढ्नुपर्ने उल्लेख गरे।
कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले नेविसंघको इतिहास जोगाउने जिम्मा विद्यार्थीको काँधमा आएको बताइन्। पार्टीले नेविसंघको कार्यसमितिलाई चाँडो पूर्णता दिनुपर्ने उनको भनाइ थियो।
कांग्रेस नेता डा. मीनेन्द्र रिजालले कांग्रेस एकजुट भए कुनै शक्तिले हराउन नसक्ने बताए। राजनीतिमा भविष्य हेरेर गठबन्धन गर्नुपर्ने उनको भनाइ थियो।
कांग्रेस नेता गुरुराज घिमिरेले अहिलेको गठबन्धनलाई अन्तिम बनाएर अगाडि बढ्नुपर्ने बताए। उनले नेविसंघलगायतका भ्रातृ संस्थालाई चाँडै पूर्णता दिन नेतृत्वलाई आग्रह गरे।
नेविसंघका पूर्वअध्यक्ष केशव सिंह, रञ्जित कर्ण, पूर्वमहामन्त्री मनोजमणि आचार्य, पूर्वउपाध्यक्ष डिल्लीराम सुवेदी, पूर्वकोषाध्यक्ष शिव रिमाल, पूर्वकेन्द्रीय सदस्य मोतिलाल भण्डारी, नेविसंघ रत्नराज्य लक्ष्मी क्याम्पसका सभापति पुस्कर बाँस्तोला लगायतले नेविसंघलाई वर्तमान पार्टी नेतृत्वले बुझ्न नसक्दा कमजोर बन्दै गएको बताएका थिए।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend