खोटाङ । राष्ट्रिय प्रजातन्त्र पार्टी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आसन्न स्थानीय तहको निर्वाचनका लागि मेयर र उपमेयरका आकांक्षीको नामावली सिफारिस गरेको छ ।
कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादी सम्बद्ध गठबन्धन र नेकपा एमालेले हालसम्म उम्मेदवारको टुंगो लगाउन नसकिरहेको अवस्थामा राप्रपा नगर कमिटीले मेयरमा जीवनकुमार श्रेष्ठ, ललितकुमार राई र विनोद बस्नेत तथा उपमेयरमा चन्द्रकुमारी राई तारा, टिकाकुमारी खत्री र भरुमायाँ विश्वकर्माको नाम सिफारिस गरेको हो ।
बिहीबार दिक्तेलमा राष्ट्रिय प्रजातन्त्र पार्टीको सम्पर्क कार्यालय उद्घाटनका क्रममा राप्रपाले नगरपालिकाको उम्मेदवारको नाम जिल्ला कार्य समिति समक्ष सिफारिस गरेको जानकारी दिएको हो ।
उम्मेदवारमा सिफारिस भएका श्रेष्ठ राप्रपाका निवर्तमान जिल्ला अध्यक्ष र राई वर्तमान जिल्ला अध्यक्ष हुन् । बस्नेत क्षेत्र (ख)का उपाध्यक्ष हुन् ।
यस्तै, उपमेयरमा सिफारिस भएकी विश्वकर्मा राप्रपाकी जिल्ला कोषाध्यक्ष, राई राप्रपाको दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटी अध्यक्ष र खत्री नगर कमिटी उपाध्यक्ष हुन् ।
खोटाङमा दुई नगरपालिका र आठ गाउँपालिका छन् । जिल्लाका अन्य स्थानीय तहबाट पनि आकांक्षीको नामावली सिफारिस भएर आएको राप्रपाका जिल्ला अध्यक्ष राईले बताए । सिफारिस भएर आएका नामावलीमध्येबाट सहमतिमा उम्मेदवारको टुंगो लगाइने राप्रपाले जनाएको छ ।
जिल्लामा गठबन्धन दलले प्रमुख र उपप्रमुखको भागबण्डा गरेपछि उम्मेदवार टुंग्याउन सकेको छैन । यस्तै, एमालेले पनि हालसम्म प्रमुख र उपप्रमुखको टुंगो लगाएको छैन । विशेषगरी उम्मेदवार सिफारिसमा कतिपय स्थानीय तहमा कांग्रेसभित्र विवाद देखिएको छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend