Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटारमा कांग्रेस शीर्ष नेताहरूको बैठक जारी


    बिहिबार, बैशाख ८ २०७९
    760
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको शीर्ष नेताहरू बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस शीर्ष नेताहरूको बैठक बसिरहेको हो । 

    आसन्न स्थानीय तह निर्वाचनका विषयमा छलफल गर्न शीर्ष नेताहरूको बैठक बसिरहेको प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । 

    ‘अहिले कांग्रेस शीर्ष नेताहरूको बैठक बालुवाटारमा बसिरहेको छ,’ उनले भने, ‘निर्वाचन लगायत समसामयिक विषयमा छलफल भइरहेको छ ।’ 

    ३० वैशाखमा हुने स्थानीय तहमा गठबन्धनका नाममा पाँच दलबीच भागबन्डा गरिएपछि पोखरासहितका स्थानीय तहमा कांग्रेस कार्यकर्ताको विरोध भइरहेका बेला शीर्ष नेताहरूको बैठक बसेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार