Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फेरि कम्युनिष्ट एकता हुन्छ : प्रचण्ड


    बिहिबार, बैशाख ८ २०७९
    575
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कैलाली। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि कम्युनिष्ट एकता हुने बताएका छन् । 

    कैलालीको मसुरियामा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहंकारी प्रवृत्तिको अन्त्य गरेर कम्युनिष्ट एकता हुने बताए । 

    साविक नेकपा तीन टुक्रा र एमाले दुई टुक्रा हुने भएको भएको निरकुंश र अहंकारी प्रवृत्तिलाई आसन्न निर्वाचनबाट परास्त गरेर कम्युनिष्ट एकता हुने प्रचण्डको दाबी छ ।

    यसरी हुने कम्युनिष्ट तथा वाम एकता माओवादीको नेतृत्व हुने बताउँदै उनले यसको नेतृत्व आफूले लिने जानकारी दिए । 
    आसन्न निर्वाचनमा माओवादीलाई जनताको साथ रहने प्रचण्डले विश्वास व्यक्त गरे । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार