Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भक्तपुरको प्रतीक्षालयमा एक पुरूषको शव फेला


    बुधबार, बैशाख ७ २०७९
    615
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । भक्तपुरको प्रतीक्षालयमा एक पुरूषको शव फेला परेको छ। 

    बुधबार चाँगुनारायण नगरपालिका–९ ताथली सडकमा एक पुरूष मृतावस्थामा भेटिएका हुन्।

    ती पुरूषको सनाखत भइनसकेको महानगरीय प्रहरी वृत्त जगाती कन्ट्रोलले जानकारी दिएको छ। 

    करिब ३५ वर्षीय पुरूषको शव ज्याकेटले मुख छोपिएको अवस्थामा यात्रु प्रतीक्षालयमा फेला परेको प्रहरीको भनाइ छ।

    प्रहरीले शव परिक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाएर घटनाको अनुसन्धान र शवको पहिचानका लागि प्रयास सुरू गरेको जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार