मुगु । हिमाली जिल्ला मुगुमा गठबन्धन गरेरै स्थानीय तहको निर्वाचनमा जाने निर्णय भएको छ । करिब एक हप्ता भन्दा बढी छलफलमै रहेको सत्ता गठबन्धनले गठबन्धनमा जाने निर्णय गरेका हुन् ।
आज बसेको बैठकले केही निर्णय पारित गरे पनि प्राविधिक कारणले पूर्णता पाउन नसकेको र निर्णयहरु प्रदेशसँग परामर्श गरेर गठबन्धनको अन्तिम टुंगो लगाइने नेपाली कांग्रेस मुगुका सभापति ऐन बहादुर शाहीले बताए ।
‘गठबन्धन गर्ने विषयमा हामी अन्तिम चरणमा पुगि सकेका छौं , प्राविधिक कारणले गर्दा गठबन्धन हुन्छ कि हुँदैन भन्ने नेताहरु अकमकाई रहेका छन्’ सभापति शाहीले भने ‘करिब अन्तिम चरमा गठबन्धन गरेरै जाने र यसको भोलि सम्म टुंगो लाग्छ।’
स्थानीय तहको आवश्यकता अनुसार तालमेल गर्ने भनेर केन्द्रबाटै सर्कुलर भएपछि यहाँ गठबन्धन दलका नेताहरू एक सातादेखि छलफलमा व्यस्त रहेका छन् ।
गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादी पार्टीले जिल्लाको सोरु गाउँपालिकामा अध्यक्ष, छाँयानाथ रारा नगरपालिकामा उपाध्यक्ष दाबी गरे पछि गठबन्धन हुन सकिरहेको छैन ।
जिल्लाका चार स्थानीय तहमध्ये तीन पालिकाको प्रमुख आफूले पाउनु पर्ने कांग्रेसको दाबी छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend