Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माया बिछट्टैमा जिम्बे र लक्ष्मीको अभिनय


    बुधबार, बैशाख ७ २०७९
    2.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । गीतकार तथा मोडल जिम्बे राईको नयाँ गीत माया बिछट्टैको भिडियो सार्वजनिक गरिएको छ । राईकै शब्द सिर्जनामा तयार पारिएको माया बिछट्टै बोलको गीतमा गायक प्रताप दास र गायिका प्रविशा अधिकारीको स्वर छ । 

    गीतमा संगीतकार ऋषि खड्काको संगीत सृजना छ भने विशाल निरौलाको एरेन्ज छ । भिडियोमा मोडल राईसँगै अभिनेत्री लक्ष्मी बर्देवाका अभिनय देख्न सकिन्छ ।  

    रंगमञ्चबाट आएकी अभिनेत्री लक्ष्मी र टिकटकबाट आएकी मोडल राईको माध्यमबाट निर्देशक बिक्रम चौहानले   एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएका छन् । 

    सार्वजनिक गीतमा प्रकाश खड्काको छायांकन तथा मिलन विश्वकर्माको सम्पादन छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार