काठमाडौं । च्याम्पियनसिप क्लब प्रिस्टन नर्थ इन्डलाई ३-० ले हराउँदै फुलहम प्रिमियर लिगमा बढुवा भएको छ । मंगलबार राति जित निकाल्दै फुलहम रेलिगेसनमा परेको एक सिजनपछि नै बढुवा भएको हो ।
फुलहमलाई जित दिलाउन एलेक्सान्डर मिट्रोभिचले दुई गोल गरे । फाबियो कार्भाल्होले एक गोल गरे । जितसँगै फुलहमले ४२ खेलमा ८६ अंक जोडेर शीर्ष स्थानमा छ । प्रिस्टन ५८ अंक जोडेर १५औँ स्थानमा छ ।