Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कराँतेका १७ खेलाडी नेपालको प्रतिनिधित्व गर्देै भारतमा प्रतिस्पर्धा गर्ने


    बुधबार, बैशाख ७ २०७९
    605
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भैरहवा । बैशाख १० र ११ हुने स्पोर्टस् फेस्टिभल २०२२ मा  नेपाली खेलाडी सहभागी हुने भएका छन्  ।

    भारतको न्यू दिघामा हुने फेस्टिभलको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा भाग लिन जापान गोजुरियो कराँते डो मिसनको नेतृत्वमा १७ जना खेलाडीको टिमले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

    खेलाडीसहित ६ जना अफीसियल पनि भारत जाने तय भएको नेपाली टिमका प्रमुख कोच तथा जापान गोजुरियो कराँते डो मिसन संघका संस्थापक काजी रानाले बताए ।

    स्वर्ण पदक विजेताहरु सन्तु दंगोरिया थारु, विपिन राना, राजकुमार हरिजन, सुनिल रावत, दिलमाया राना, गौरव पौडेल, दिल बुढाथोकी लगायत खेलाडीको सहभागिता रहनेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार