Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ६ वटा महानगर र ११ उपमहानगरको विषयमा समग्रमा छलफल गरेका छौं: कार्की


    मंगलबार, बैशाख ६ २०७९
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगर पालिकाको सिट बाँडफाँटमा सत्ता गठबन्धनलाई सकस परेको छ । 

    सोमबार दिनभर बस्दा सहमति हुन नसकेपछि आज दिउँसो तीन बजेदेखि गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको थियो । 

    सिट बाँडफाँटका विषयमा निष्कर्षको नजिक पुगेको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

    ‘बैठकमा हरेक कोणबाट विचारहरु आएका छन् सबै सकारत्मक रुपले अघि बढेका छन्’ उनले भने, ‘बैठक जारी छ । छलफल सकारात्मक रुपले अघि बढिरहेको छ । हामी निष्कर्षको चरणमा प्रवेश गरेका छौं, अहिले बैठक जारी छ । ‘

    आफूहरु ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा समग्रमा छलफल गरिरहेको उनले बताए । 

    ‘हामीले समग्रमा ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा  छलफल गरेका छौं  र अन्तिम निर्णयमा सकारात्मक रुपमा पुग्न लागेका छौं ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार