Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीरगञ्ज महानगरमा एमाले र लोसपाबीच तालमेल !


    मंगलबार, बैशाख ६ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । वीरगञ्ज महानगरपालिकामा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल अगाडि बढाउने अनौपचारिक सहमति भएकाे छ ।

    स्थानीय स्तरमा लगातार भइरहेको दुई दलबीचको छलफलले तालमेल अगाडि बढाउने अनौपचारिक सहमति गरेको हो ।

    ‘लगभग कुरा टुंगिएको छ । तर शीर्ष नेताहरू काठमाडौंमा भएकाले ठोस रुप दिन सकिएको छैन’, एक नेताले भने ।

    एमाले केन्द्रीय सदस्य एवं पर्सा सहइन्चार्ज अरविन्द सिंह पनि तालमेलबारे अनौपचारिक छलफल त भइरहेकाे बताएका  छन् ।

    एमालेले वर्तमान मेयर विजय सरावगीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार