Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बिस्का जात्रामा रथले किचेर एक जनाको मृत्यु


    सोमबार, बैशाख ५ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । बिस्का जात्राको रथ तान्ने क्रममा रथले किचेर सोमबार एक जनाको मृत्यु भएको छ । 

    भक्तपुरको सूर्यविनायक नगरपालिका-५ कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपालको मृत्यु भएको भक्तपुर अस्पतालले जनाएको छ । 

    जात्राको अन्तिम दिन सोमबार रथलाई तान्दै भक्तपुरको पोटरी स्क्वायर नजिकै पुग्दा रथले किचेको थियो । रथले किचेर घाइते भएका कसपाललाई उपचारका लागि तत्काल भक्तपुर अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार