पोखरा । कांग्रेस कास्कीका सचिवले विज्ञप्ति निकालेर नेकपा एकीकृत समाजवादीसँग गठबन्धन नगर्ने सार्वजनिक अपिल गरेपछि पोखरा महानगर समितिले पनि गठबन्धन नगर्ने संकेत गरेको छ । ‘
नगर प्रमुख र उपप्रमुखका लागि आकाक्षीसँग खुल्ला आवेदन माग गरी उम्मेदवार छनोट प्रक्रियाको अन्तिम अवस्थामा रहेको ब्यहोरा सर्वविदितै छ,’ कांग्रेस पोखराले विज्ञप्ति निकालेर भनेको छ, ‘पार्टीका सभापति र महामन्त्रीसँगको भेटमा प्रमुख पद नेपाली कांग्रेसलेने पाउने संकेत प्राप्त भएको अवस्थामा गठबन्धनको कारणले प्रमुख पद अन्य पार्टीलाई परेको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’
कांग्रेस एक्लै चुनाव लडे पनि प्रमुख र उपप्रमुख सहित धेरै वडामा चुनाव जित्ने भन्दै प्रमुख पद आफूले पाउनुपर्ने अडान कांग्रेसको छ । ‘कांग्रेस एक्लै निर्वाचनमा जादा पनि प्रमुख, उपप्रमुख सहित अधिकांश वडामा समेत नेतृत्वलिन सक्ने अवस्था रहेकोले प्रमुख पद नेपाली कांग्रेसले नै पाउनुपर्नेमा हामी सशक्त दाबेदार हौं,’ अघि भनिएको छ, ‘यसै सन्दर्भमा गठबन्धनमा रहेका दलहरूले आफ्नो हैसियतभन्दा ठूलो माग राखी समय बर्बादी गर्न तल्लीन भएकोले कांग्रेसका उमेदवारको घोषणा गरी सकारात्मक सोचको विकास गर्न आग्रह गर्दछ ।’
सचिवद्वय गणेशबहादुर थापा र टुवराज बास्तोलाले संयुक्त हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका हुन् । उनीहरूले गठबन्धन दलबीच संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास र शान्तिपूर्ण निर्वाचनका लागि मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend