Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • सहमति नजिक छौं, भोलि कुरा मिल्छ: प्रवक्ता कार्की


    सोमबार, बैशाख ५ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार दिनभरको रस्साकस्सीकाबीच सत्ता गठबन्धन आगामी चुनावका लागि गठबन्धन टुंग्याउन असफल भएको छ। तर, छलफल सकारात्मक भएको नेताहरुले प्रतिक्रिया दिएका छन् ।

    सरकारका प्रवक्तासमेत रहेका कांगेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ दलहरुबीच महानगर र उपमहानगरको नेतृत्व बाँडफाँटमा सहमति जुट्ने दाबी गरेका छन् । 

    गठबन्धन बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै प्रवक्ता कार्कीले गठबन्धन सहमति नजिक पुगेको दाबी गरेका हुन् ।  उनका अनुसार ६ वटा महानगर र ११ वटा उपमहानगरको मेयर र उपमेयरबारे सहमति नजिक पुगेको छ । मंगलबार बिहान साढे ११ बजे गठबन्धनको बैठक बस्ने र त्यहाँबाट टुंगो लाग्ने उनको भनाइ छ । 

    आइतबार र सोमबार सत्ता गठबन्धनका दलहरु आ- आफ्नो अडानमा कायम रहँदा सहमतिले मूर्तता पाउन सकेन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार