Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ता गठबन्धनबीच जुटेन सहमति, भोली फेरि छलफल हुने


    सोमबार, बैशाख ५ २०७९
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ गठबन्धनका पाँच दलबीचको बैठक निश्कर्ष बिनै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सिट बाँडफाँट टुंग्याउन नसकेपछि मंगलबार पुन: बस्ने गरी बैठक सारिएको छ ।

    देशभरिका ६ महानगर र ११ उपमहानगरपालिकाको सिट बाँडफाँट टुंग्याउन सोमबार बिहान र सोमबार अपराहन गरी दुईपटक बैठक बसेको थियो । तर, दुबै बैठकबाट सहमति जुट्न सकेन ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले सोमबारको बैठकबाट कुनै सहमति निस्कन नसकेको र मंगलबार फेरि बैठक बस्ने सहमति भएको जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार