Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमालेतर्फ संकेत गर्दै अर्थमन्त्रीले भने- अर्थव्यवस्थालाई राजनीतिकरण गरेर चुनावी मुद्दा बनाइयाे


    सोमबार, बैशाख ५ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले एमालेले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गरेर चुनावी मुद्दा बनाएको आरोप लगाएका छन् ।

    सोमबार मन्त्रालयमा नेपाल उद्योग परिसंघका प्रतिनिधि मण्डलसँग भेट गर्दै मन्त्री शर्माले प्रमुख प्रतिपक्षी दल एमालेतर्फ संकेत गर्दै यस्तो आरोप लगाएका हुन् ।

    परिसंघको टोलीसँगको भेटमा अर्थमन्त्री शर्माले श्रीलंकासँग नेपालको तुलना नै गलत भएको बताएका थिए । ‘नेपाल र श्रीलंकाको तुलनै हुँदैन, आफूले बारम्बार भन्दै आएको छु,’ अर्थमन्त्री शर्माले भने ‘केही व्यक्तिले देशको अर्थव्यवस्थालाई राजनीतिकरण गर्न खोजिरहेका छन् । चुनावी मुद्दा पनि बनाएका छन । 

    यथार्थमा नेपालको अर्थव्यवस्थाा श्रीलंका नभएको र आफूहरुले श्रीलंका जस्तो हुन पनि नदिने गरी अर्थ व्यवस्था सुधारको काम गरिरहेको मन्त्री शर्माले दाबी गरेका थिए । उनलेे आगामी आब ०७९-८० को बजेटमार्फत अर्थतन्त्रको अहिलेको समस्यालाई सम्बोधन  गरी नजिता देखिने गरी सुधार गर्ने जानकारी पनि परिसंघका पदाधिकराीलाई गराएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार