Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ह्वात्तै बढ्याे सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


    सोमबार, बैशाख ५ २०७९
    750
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सोमबार सुनको मूल्य थप ५०० रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला एक लाख २ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार थप ५०० रुपैयाँले बढेको हो । 

    बढेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा ५०० रुपैयाँले नै बढ्दै एक लाख २ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले बढ्दै आज एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार