Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नौ दिनपछि सकियो भक्तपुरको बिस्केट जात्रा 


    सोमबार, बैशाख ५ २०७९
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  नौ दिनदेखि भक्तपुरमा चलिरहेको बिस्काः अर्थात बिस्केट जात्रा आज सकिएको छ । भक्तपुरको कुम्हा टोलमा हात नभएको लिङ्गो ढालेसँगै यस वर्षको भक्तपुरको बिस्काः जात्रा सकिएको हो।

    काठमाण्डौको टोखा र काभ्रेको साँगामा पनि बिस्काः बिहान समापन गरिएको छ । भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार बिस्काः जात्रा मनाइन्छ । चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवम् पूजा गरी बेलुका लिङ्गो ढाल्ने परम्परा छ।

    चैत मसान्तको दिन बेलुकी गःहिटीमा रहेको भैरवलाई विशेष पूजा गरेर गुुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ ।

    लिच्छविकालदेखि बिस्काः जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार